ललितपुरको दाबी : २ महिना खोज्यौं, प्रयोजन मिचिएका भूमिगत पार्किङ भेटेनौं

१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका लागि नक्सा पास भएका संरचना अन्य प्रयोजनमा प्रयोग भएपछि धमाधम खाली गराउँदैछ, यही बेला ललितपुरमा पनि माग उठेको छ, ‘यता पनि यस्तो अभियान थाल्नु पर्यो ।’
तर, ललितपुर महानगरपालिकाले भने नगर क्षेत्रमा अहिलेसम्म यस्तो भूमिगत पार्किङलाई अन्य प्रयोजनमा लगाएको भवन नभेटिएको दाबी गर्छ । ललितपुरका नगर प्रहरी प्रमुख सिताराम हाछेथु २ महिनादेखि आफूहरुले यस्ता भूमिगत पार्किङ भएका भवनको निगरानी गरेको बताउँछन् ।
६ असारमै हामीले ट्राफिक व्यवस्थापन’bout मेयरसा’बले २१ बुँदे कार्ययोजना सार्वजनिक गर्नुभएको थियो, त्यसको १५ नम्बर बुँदामा हामीले सपिङ मल र व्यवसायिक भवनमा रहेका पार्किङ प्रयोजन अनुसार छ क छैन भनेर अनगुगन गर्ने योजना बनाएका थियौं,’ अनलाइनखबरसँग कुरा गर्दै हाछेथुले भने,’त्यसअनुसार हामीले २ महिनादेखि पार्किङको सहज व्यवस्थापनका लागि अनुगमन गरेर काम गरिरहेका छौं ।’
त्यतिबेलै सपिङ मल र व्यवसायिक भवनहरुको नक्साअनुसार पार्किङ नराखिएको पाइए तत्काल राख्न लगाउने निर्णय महानगरले गरेको थियो । हाछेथुका अनुसार ललितपुरमा ३ ठूला होटलहरु र कर्मचारी सञ्चयकोषको भवन मात्रै ठूला र पार्किङ रहेका भवन हुन् ।