१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी

रूपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
जिल्लाको मर्चवारी गाउँपालिका-४ महादेही बस्ने २६ वर्षीय सञ्जय पासीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पासीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।