खैरो हेरोइनसहित कञ्चनपुरबाट एक जना पक्राउ

 खैरो हेरोइनसहित कञ्चनपुरबाट एक जना पक्राउ

धनगढी । कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

पुनर्वास नगपालिका–१ को टक्काबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको टोलीले लागूऔषधसहित बेलौरी नगरपालिका–३ का २८ वर्षीय रामअवतार रानालाई पक्राउ गरेको हो ।

रानालाई बेलौरी–धनगढी हुलाकी सडकखण्डमा जाँच गर्ने क्रममा सु.प.प्र. ०१०१० प ३३५० नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

रानाको साथबाट ४ दशमलव ५८ ग्राम खैरो हेरोइन बरामद गरिएको छ । रानालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ