र्‍यालीसहित मनाइयो अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस

 र्‍यालीसहित मनाइयो अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस

काठमाडौं । काठमाडौंमा आइतबार १०औँ अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइएको छ । यस अवसरमा बसन्तपुरबाट पर्यटन बोर्डसम्म र्‍याली निकालिएको छ ।

र्यालीका सहभागीहरुले विभिन्न भेषभुषासँगै नेपाली टोपीसमेत लगाएका थिए ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोसाक दिवसको रूपमा मनाउन सुरु गरेका थिए।

विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ। तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्।

यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्।

 

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।