तलेजु भवानी मन्दिरमा श्रद्धालुको भीड

 तलेजु भवानी मन्दिरमा श्रद्धालुको भीड

काठमाडौँ — प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

 

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने सो मन्दिरमा हजारौँ भक्तजनको भीड लागेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । महानवमीमा मात्र खुल्ने मन्दिर भएकाले लाम बस्ने जतिलाई दर्शन गराइने कार्यालयले जनाएको छ ।

यसैबीच तलेजु भवानीलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार आइतबार बिहान १०:०५ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ । तलेजु भवानीलाई त्यसै दिन बिहान ११:३५ बजेको साइतमा स्थिरासनमा रा

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।