दादुराको महामारी रोक्न नेपालगञ्जमा दुई दिन सार्वजनिक विदा

 दादुराको महामारी रोक्न नेपालगञ्जमा दुई दिन सार्वजनिक विदा

नेपालगञ्ज । दादुराको महामारी फैलनबाट रोक्न नेपालगञ्ज उपमहानगरपालिकाले आज र भोलि २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाले एक सूचना प्रकाशित गर्दै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु यही पुष २८ र २९ गते बन्द गर्ने निर्णय गरेको हो।

बाँकेमा पछिल्लो २४ घण्टामा ५ जना दादुराका बिरामी थपिएका छन् ।

जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा दुई सातायता ११५ जना बालबालिकामा दादु्रा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

 

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।