किसानको समस्याप्रति सरकार गम्भीर नहुनु चिन्ताजनक : मधेशी आयोग

 किसानको समस्याप्रति सरकार गम्भीर नहुनु चिन्ताजनक : मधेशी आयोग

२८ मंसिर, काठमाडौं । मधेशी आयोगले सरकार किसानको समस्याप्रति गम्भीर नभएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै मंसिरको अन्तिम समयसम्म पनि किसानको धान सरकारका सरोकारवाला निकायहरुले खरिद नगर्नु दुखद भएको बताएको छ ।

सरकारले धानको मूल्य निर्धारण गरे पनि खरिद नगर्दा किसानले विचौलियालाई कम मूल्यमा बाध्यात्मक रुपमा बेच्नुपरेको कुरा गम्भीर र जटिल समस्या रहेको  भन्दै यो समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ ।

आयोगले विगतको दिनमा पनि किसानहरुले मलखादका लागि आन्दोलन भइरहेको भन्दै अबको दिनमा यस्ता समस्याहरुलाई सरकारले अलग्गै संयन्त्र बनाई समस्या समाधान हुने गरी काम गर्न सम्बन्धित सबै पक्षलाई ध्यानकर्षण गराएको छ ।

 

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।