सिद्धार्थनगरमा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि विरोध

 सिद्धार्थनगरमा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि विरोध

२१ पुस, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि नगरपालिकाको चर्को आलोचना भएको छ ।

सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरीले बुधबार साँझ लु१ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै लगेपछि स्थानीयले नगर प्रमुख इस्तियाक अहमद खानविरुद्ध चर्को नाराबाजी नै गरेका छन् ।

साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै गरेको तस्वीर सामाजिक संजालमा भाइरल भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी सिद्धार्थनगरका नेता अजय गुप्ताले छाडा चौपाया व्यवस्थापन गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको घटनामा संलग्नलाई कारबाही गर्न पार्टीले नगर प्रमुखलाई ज्ञापनपत्र दिने बताए ।

नेकपा  (एमाले) सिद्धार्थनगरका सचिव नारायण प्रसाद भण्डारीले पनि जिउँदो पशुलाई ट्रकले घिसार्दै रक्ताम्य बनाउनु असह्यै भएको भन्दै यस’bout नगर प्रमुखले जवाफ दिनुपर्ने बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक खानले दोषी कर्मचारीलाई कारबाही गर्ने बताएका छन् ।

 

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ