निलम्बनमा परे जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक, छानबिन समिति गठन

 निलम्बनमा परे जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक, छानबिन समिति गठन

काठमाडौं । जीवित शिशुलाई मृत घोषणा गर्ने कोशी अस्पतालका चिकित्सक निलम्बनमा परेका छन् । १८ दिनको शिशुलाई मृत घोषणा गर्ने चिकित्सक डा. आशोक यादव र अन्य दुई जना चिकित्सक निलम्बनमा परेका हुन् ।

स्वास्थ्य सचिव डा रोसन पोखरेलका अनुसार उनीहरूलाई ७ दिनका लागि निलम्बन गरिएको छ । जीवित शिशुलाई मृत घोषणा गरेको विषयमा छानबिन गर्न अस्पतालले समिति गठन गरेको छ ।

छानबिन समितिले काम अगाडि बढाउने भएपछि डा यादव र अन्य दुई चिकित्सक निलम्बन गरिएको हो । उनीहरूलाई स्वास्थ्य मन्त्री पदम गिरीको निर्देशनपछि निलम्बन गरिएको छ ।

डा यादवले मृत घोषणा गरेका शिशुको अहिले एक निजी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । मन्त्री गिरीले घटनाका विषयमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र अस्पतालका प्रमुख डा लक्ष्यनारायण यादवसँग जानकारी लिएका छन् ।

 

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।