सुविधानगरमा युवकमाथि चक्कु प्रहार, एक जना घाइते

 सुविधानगरमा युवकमाथि चक्कु प्रहार, एक जना घाइते

काठमाडौं । काठमाडौं महानगरपालिका–२३ सुविधानगरमा एक जना युवकलाई अपरिचित समूहले चक्कु प्रहार गरेका छन् ।

चक्कु प्रहारबाट गोरखा घर भएर सिनामंगल बस्ने २१ वर्षीय निखिल भुजेल घाइते भएका छन् ।

उनको कान्तिपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शनिबार साँझ आठ–दश जनाको समूहले सुविधानगरस्थित बागमती करिडोरमा भुजेललाई चक्कु प्रहार गरेर भागेका थिए ।

निखिलको दायाँ छातीमा चोट लागेको छ । घटनामा संलग्नहरु फरार छन् ।

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।