झापाको एभरेष्ट चिया बगानमा झुण्डिएको अवस्थामा प्रेमी-प्रेमिका मृत फेला

झापा। दक्षिणी झापाको कचनकवलमा प्रेमी-प्रेमिका एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
कचनकवल– ४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी मृत भेटिएका हुन् ।
कचनकवल– ४ स्थित एभरेस्ट टी गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर दुबै जनाले आत्महत्या गरेको पाइएको छ।
अहिले घटनास्थलमा प्रहरी कार्यालय झापाबाटै टोली घटाइएको छ। घटनाको ’boutमा प्रहरीले अनुसन्धान गरेपछि मात्र थप कुरा बाहिर आउने प्रहरीले जनाएको छ ।
करिब ३ महिना अघि दुवै जनाले भागेर विवाह गरेका थिए। केटा पक्षले भागी विवाहलाई स्विकारे गरे पनि केटीको बुबाले प्रहरीमा केटाविरुद्ध मुद्दा हालेका थिए।
अनुसन्धान सुरु भएको र घटना’bout थप केही कुरा खुलिनसकेको जिल्ला प्रहरी कार्यालय झपाले बताएको छ ।