जुम्लामा कार्यरत सेनाका कर्णेल मृत फेला

 जुम्लामा कार्यरत सेनाका कर्णेल मृत फेला

जुम्ला । नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) अञ्जन रुपाखेती मृत फेला परेका छन् । जुम्लामा कार्यरत रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

परिवारका सदस्य आएपछि रुपाखेतीको शव पोष्टमार्टमका लागि पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिको टिम नेपाली सेनाको २४ नम्बर बाहिनीमा पुगिसकेको छ । घटना’bout थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।