लागूऔषध एक्सप्लोनसहित जनकपुरबाट चार जना पक्राउ

 लागूऔषध एक्सप्लोनसहित जनकपुरबाट चार जना पक्राउ

धनुषा। प्रहरीले जनकपुरधामबाट लागूऔषधसहित चार जना पक्राउ गरेको छ ।

जनकपुरधामस्थित पीडारीचोकबाट प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागूऔषध सहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा प्रदेश २-०२-००१ स.०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका ७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प-४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव र सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ छन् ।

यस्तै ज.६प.१७८ नम्बरको मोटरसाइकल चालक जनकपुर उप-महानगरपालिका ४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वे रहेको धनुषा प्रहरीले जनाएको छ ।

अटोमा जुटको बोरामा १० वटा कार्टुनमा राखेर पीडारीचोकदेखि उत्तरतर्फ जाँदै गर्दा गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा एक्सप्लोन नामक प्रतिबन्धित लागुऔषध ४९३ बोतल बरामद भएको प्रहरीले बताएको छ ।

उनीहरुले प्रयोग गरेको अटोरिक्सा र मोटरसाइकलहरु समेत नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ