नेमकिपाकी सायजुलाई सभामुख बनाउने प्रस्ताव अस्वीकृत

 नेमकिपाकी सायजुलाई सभामुख बनाउने प्रस्ताव अस्वीकृत

हेटौंडा । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सृजना सायजुलाई सभामुख बनाउने प्रस्ताव बागमती प्रदेशको प्रदेशसभाले अस्वीकृत गरेको छ ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा भएको मतदान सयजुको पक्षमा जम्मा ३ मत परेको छ । प्रदेशसभामा नेमकिपाका ३ प्रदेशसभा सदस्य थिए ।

विपक्षमा ९८ मत परेको छ भने ७ मत तटस्थमा परेको छ ।

११० सदस्यीय प्रदेशसभामा १०९ जनाले मतदानमा भाग लिएका थिए ।

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।