नेपाल टी-२० लिग : स्पट फिक्सिङको आरोपमा थप एक जना पक्राउ

 नेपाल टी-२० लिग : स्पट फिक्सिङको आरोपमा थप एक जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाल टी -२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।

गत महिना काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा ४ नेपालीसहित कम्तीमा १० जना संलग्न भएको सीआईबी स्रोतले जनाएको छ ।

उनीहरुमध्ये महबुब आलम र आदिल अन्सारी पक्राउ गरेका छन् । यस्तै थप एक जनालाई पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ । यद्यपि उनको नाम खुलेको छैन ।

त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो ।

 

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।