नेपाली सेनाले भन्यो – जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ

 नेपाली सेनाले भन्यो – जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ

काठमाडौं । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै अज्ञात रहेकाले नेपाली सेनाले खोजीकार्य जारी राखेको हो ।

चालक दलका चारसहित ७२ जना यात्रु बोकोर काठमाडौंदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको विमान यही माघ १ मा पोखराको सेती नदीको खोंचमा खसेको थियो।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा ७१ जनाको शव फेला पारेको थियो।

साथै उद्धारका क्रममा भेटिएको ब्ल्याक बक्सलगायतका सामग्री नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको थियो।

विमान दुर्घटनाको खबर प्राप्त गर्नासाथ खोज तथा उद्धार कार्यलाई नेपाली सेनाले तिव्रता दिएको थियो।

 

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ