निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनरत रुबी खानसहित प्रदर्शनकारी पक्राउ

 निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनरत रुबी खानसहित प्रदर्शनकारी पक्राउ

काठमाडौं । बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनरत रूबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार माइतीघरबाट र्‍यालीसहित अगाडि बढिरहेको बेला प्रहरीले खानसहितका अभियन्ताहरूलाई पक्राउ गरेको हो।

अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालतको अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला पक्राउ परेका हुन्। यसैबीच आजको कार्यक्रममा वृहत नागरिक आन्दोलनले पनि साथ दिएको छ।

माइतीघर मण्डलामा विगत २४ दिनदेखि जारी धर्नामा वृहत नागरिक आन्दोलनका अभियन्ताहरू सहभागी भएका हुन्।

निर्मला कुर्मी हत्याको छानबिनका लागि न्यायिक आयोग गठनको माग गर्दै २४ दिनदेखि चलिरहेको धर्नालाई शक्ति र समर्थन दिन आफूहरू माइतीघर भेला भएको अभियन्ताहरूले बताएका छन्। यसैबीच महिला अधिकारको पक्षमा सिल्पी थिएटरका युवाहरूले सडक नाटक देखाएका थिए।

 

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ