जिपको ठक्करबाट एकजनाको मृत्यु

 जिपको ठक्करबाट एकजनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको कोप्चिबासमा पैदल यात्रुलाई जिपले ठक्कर दिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा शितगंगा ४ कोप्चीबासका ७५ वर्षीय ज्ञान बहादुर नेपाली भएको प्रहरीले जनाएको छ।

भेडामारेबाट अमराई आउँदै गरेको लु३च ३३२० नम्बरको डबल क्याप जिपले बिहीबार बिहान सडकखण्डको कोप्चिबासमा ठक्कर दिएको हो।

ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।