सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिक आन्दोलित

 सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिक आन्दोलित

२० पुस, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकाका ज्येष्ठ नागरिकहरु आन्दोलित भएका छन् ।

नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको विवादले विगत साउनदेखि सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिकहरु आन्दोलित भएका हुन् ।

आन्दोलनका लागि भोला दासको अध्यक्षतामा ९ सदस्य संघर्ष समिति गठन गरेको छ । समितिका उपाध्यक्षमा जागेश्वर सदा, कोषाध्यक्षमा राजेश्वर महतो, सचिवमा राजाई यादव छन् । यस्तै सदस्यहरुमा सिरी सदा, रामदेव मुखिया, केशवर दास, दशरथ यादव र मुनेश्वर दास रहेको जनाइएको छ ।

यथाशीघ्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन चरणवद्ध आन्दोलनको घोषणा गर्ने संघर्ष समितिका अध्यक्ष भोला दासले बताए।

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।