भाइरल बालगायक सचिन परियार अस्पताल भर्ना

 भाइरल बालगायक सचिन परियार अस्पताल भर्ना

काठमाडौं । भाइरल बालगायक सचिन परियारको स्वास्थ्यमा आएपछि अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । बुधबार अस्पताल भर्ना भएका परियारको अवस्थामा अहिले पनि सुधार हुन सकेका छैन ।

परियारको टाउकोमा समस्या देखिएको छ। उनको अवस्था नराम्रोसँग बिग्रिएको उनी नजिक कमल सरगमले जानकारी दिए ।

कमलले सामाजिक संजालमा एक पोष्ट गर्दै सचिनको अवस्था पिडादायक रहेको र खर्चको अभावमा राम्रो उपचार हुन नसकिरहेको उल्लेख गरेका छन् ।

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।